Main News

नेपालमा कूटनीतिको नाममा ‘क’ पनि नजान्नेहरु राजदूत हुने गरेको उपाध्यक्ष रावलको आरोप

हिमालय टिभी
२०७८ कार्तिक ७ गते १८:४५
नेपालमा कूटनीतिको नाममा ‘क’ पनि नजान्नेहरु राजदूत हुने गरेको उपाध्यक्ष रावलको आरोप

७ कात्तिक २०७८ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री भीम रावलले नेपालमा कूटनीतिका नाममा ‘क’ पनि नजान्नेहरु राजदूत बनेर जाने गरेको बताउनु भएको छ ।

संयुक्त राष्ट्र संघको स्थापना दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालमा कूटनीतिको ‘क’ पनि नजान्नेहरु राजदुत भएर विभिन्न देश गएको देख्दा आफूलाई दुःख लाग्ने गरेको बताउनु भयो ।

उपाध्यक्ष रावलले देशको पहिचानलाई विश्वसामू पु-याउन पनि नेपालले कूटनीतिक क्षेत्रलाई सुदृढ बनाउनुपर्ने आवश्यक्ता औंल्याउनु भएको हो । उपाध्यक्ष रावलले देशको पहिचान मेटाएर आफ्नो पहिचान भेटाउने प्रयास नगर्न पनि कूटनीतिज्ञहरुलाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले यस्तो राजदूत देखेको छु, जसलाई अंग्रेजीको ‘अ’ आउँदैन । कूटनीतिको ‘क’ आउँदैन । मेरो देश नेपाल हो । यो नेपालको हितमा हुनुपर्छ भनेर बोल्न सक्दैन । ऊ नै राजदूत बनेर जाने गरेको छ ।’

उपाध्यक्ष रावलले विश्व शान्तिका लागि परिचालन हुने सुरक्षाकर्मीहरुको सेवा र सुरक्षाको उचित व्यवस्थाका लागि संयुक्त राष्ट्र संघसँग पहल गर्न सरकारलाई सुझाव दिनु भयो । उहाँले आफूले रक्षामन्त्री हुँदा त्यसको पहल गरेपनि समय अभावमा कारण काम गर्न नसकिएको स्पष्ट पार्नु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.