Main News

घोषित लोडसेडिङ छैन, किन जान्छ झ्याप्प–झ्याप्प बत्ती ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ६ गते १४:२८
घोषित लोडसेडिङ छैन, किन जान्छ झ्याप्प–झ्याप्प बत्ती ? (भिडियो रिपोर्टसहित)

६ कात्तिक २०७८ काठमाडौं । सरकारले लोडसेडिङ अन्त्य भएको घोषणा गरेको दुई वर्ष पुरा भैसकेको छ । लोडसेडिङ अन्त्य भएको घोषणा भए पनि नागरिकले भने अहिले पनि बिजुलीका कारण समस्या भोग्ने गरेका छन् ।

खाजा बनाउँदै गरेकी याञ्जु शेर्पालाई यसरी झ्याझ्याप बिजुली जाँदा दिक्कै लाग्छ । पछिल्लो समय काठमाडौं उपत्यकामा, बिजुली जाने आउनेक्रम चलिनै रहन्छ । कहिले एक घण्टापछि त, कहिले आदी घण्टा पछि, बिजुली आउँछ । जस्ले गर्दा उपभोक्ताहरु मर्कामा परेका छन् ।

नेपाल विद्युत् प्राधिकरणले ०७३ सालदेखि लोडसेडिङ अन्त्यका लागि काम शुरु गरेसँगै ०७५ सालमा देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरियो । योसँगै वर्षौँदेखि घण्टौं अन्धकारमा बस्न बाध्य नागरिकले लोडसेडिङको महशुस गर्नुपरेन, फेरि अहिले बेलाबेलामा बिजुली जानुको कारण के हो ?

विद्युत प्राधिकरणका अनुसार दैनिक २ हजार मेगावाट बिजुली उत्पादन हुन्छ । तर खपत भने उत्पादन भन्दा कम छ । अहिले पनि चारदेखि पाँच सय मेगावाट बिजुली त्यत्तिकै खेर जाने गरेको छ । नागरिकले भने पटकपटक अन्धकारमा बस्नुपर्ने बाध्यता छ । यो समस्या अब छिट्टै समाधान गर्ने प्राधिकरणको दाबी छ ।

देश बिजुलीमा धनी छ । बिजुलीको धनी देशले नागरिकलाई भने सहज तरिकाले बिजुली उपलब्ध गराउन सकेको छैन । यसबाट देश बिजुली व्यवस्थापनमा चुकेको प्रष्ट भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *