Main News

आज पनि देशभरको मौसम बदली रहने

हिमालय टिभी
२०७८ कार्तिक ६ गते ८:५५
आज पनि देशभरको मौसम बदली रहने

६ कात्तिक २०७८ काठमाडौं । आज पनि देशभर मौसम बदली रहने भएको छ । हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान सार्वजनिक गरेको बुलेटिन अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ ,२ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा हल्का/फाटफुट वर्षा भइरहेको छ ।

यस्तै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने पनि महाशाखाले जनाएको छ । देशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *