विदेश

चलचित्र छायाँकनका क्रममा गोली चल्दा एक जना कलाकारको मृत्यु

हिमालय टिभी
२०७८ कार्तिक ६ गते ७:४३
चलचित्र छायाँकनका क्रममा गोली चल्दा एक जना कलाकारको मृत्यु

६ कात्तिक २०७८ न्युयोर्क । अमेरिकामा चलचित्र छायांकनका क्रममा गोली लागेर कलाकारको मृत्यु भएको छ ।

हलिउड अभिनेता एलेक बाल्डविनलले हानेको गोली लागेर सिनेमेटोग्राफर हेलिना हचिन्सको मृत्यु भएको हो । ४२ वर्षीया हचिन्सलाई वेस्टर्न रस्ट फिल्मको सेटमा गोली लागेको थियो ।

न्यू मेक्सिको अन्तर्गत सान्टा फेस्थित बोनान्जा क्रिक–यान्च सेटमा छायाँंकनका क्रममा बाल्डविनलले चलाएको बन्दुकबाट अचानक गोली निस्केर हचिन्सलाई लागेको बताइएको छ ।

उनको उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा चलचित्र निर्देशक जोएल सुजा पनि घाइते भएका छन् । बाल्डविन उक्त चलचित्रकाका सहनिर्माता समेत हुन् ।

उनले उक्त चलचित्रमा कुख्यात अपराधीको भूमिका निर्वाह गरेका छन् । बन्दुकमा कस्तो गोली थियो भन्ने बारे केही खुलेको छैन । प्रहरीले अनुसन्धान सुरू गरेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *