एमालेमा विवाद चर्किँदै गर्दा नेकपा एकीकृत समाजवादीमा यस्तो उत्साह
६ कात्तिक २०७८ काठमाडौं । दसबुँदे सहमितका विषयमा नेकपा एमालेमा विवाद चर्किएका बेला यसैबाट अलग भई गठन भएको नेकपा एकीकृत समाजवादीले भने एक महिनामै अभूतपूर्व उत्साह देखिएको दाबी गरेको छ।
प्रवक्ता जगनाथ खतिवडाले वक्तव्य जारी गरी आफ्नो पार्टी एकीकृत समाजावादी गठनका एक महिनाको प्रगति विवरण सार्वजनिक गर्नु भएको हो । जसमा गठनको अभूतपूर्व उत्साह देखिएको दाबी गरिएको छ।
अध्यक्ष केपी शर्मा ओलीसँग मतभेद चर्किएपछि एमालेका तत्कालीन वरिष्ठ नेता नेपालले पार्टी फुटाएर आफ्नो नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन गर्नु भएको थियो ।
गत भदौ ८ गते निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको एकीकृत समाजवादीले ७३ भौगोलिक जिल्ला र ४ गैरभौगोलिक जिल्ला कमिटी गठन गरेको छ। यसैलाई उसले प्रमुख उपलब्धि ठानेको छ।
बेमौमसमी वर्षाले केही समस्या आए पनि पार्टीको संगठन निर्माण तीव्र रूपमा जारी रहेको पनि उसले वक्तव्यमा उल्लेख गरेको छ।
एकीकृत समाजवादीले यस अवधिमा केन्द्रीय कमिटीलाई पूर्णता दिँदै नेताहरूको जिम्मेवारी बाँडफँड गरेको छ ।
प्रतिक्रिया