Main News

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ५ गते १८:२१
पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने (भिडियो रिपोर्टसहित)

५ कात्तिक २०७८ काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने भएको छ ।

प्राधिकरणले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म पुनर्निर्माण अन्तर्राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिएको हो । सम्मेलनमा विभिन्न देशबाट विपद्, प्रकोप तथा पुनर्निर्माण सँग सम्बन्धित विज्ञ प्रतिनिधिहरू सहभागी हुने छन् ।

सम्मेलनमा प्राकृतिक प्रकोपबाट जोगिने उपाय, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण लगायतका विषयमा अनुभव आदान प्रदान हुने छ । २०७२ साल वैशाख १२ गतेको भूकम्पले गरेको क्षतिको पुनर्निर्माणका लागि प्राधिकरण गठन गरिएको थियो ।

प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापनाका महत्वपूर्ण कामहरु पूरा गरी सरकारको निर्णयअनुसार बाँकी रहेका कार्यहरु सम्बन्धित निकायहरुलाई हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *