Main News
मौसमी प्रणाली नरहे पनि केही प्रदेशमा हल्का वर्षा हुने
२०७८ कार्तिक ५ गते ९:१८
५ कात्तिक २०७८ काठमाडौं । हाल नेपालमा असर गर्ने खालको उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाखाले जनाएको छ ।
तैपनि हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।
प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ ।
राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया