विदेश

डब्ल्युएचओले भन्यो–कोरोना महामारी अझै एक वर्ष रहन्छ

हिमालय टिभी
२०७८ कार्तिक ४ गते ९:०५
डब्ल्युएचओले भन्यो–कोरोना महामारी अझै एक वर्ष रहन्छ

४ कात्तिक २०७८ न्युयोर्क । कोरोना भाइरसको महामारी अनावश्यकरुपमा एक वर्ष भन्दा लामो समयसम्म रहने विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

गरिब देशले कोरोनाविरुद्ध आवश्यक खोप नपाएका कारण यसको संक्रमण अझै लम्बिने डब्लूएचओले बताएको छ । डब्ल्यूएचओका वरिष्ठ अधिकारी डाक्टर ब्रुस आयलवर्डले कोरोना संकट सन् २०२२ मा पनि गम्भिररुपमै रहिरहने चेतावनी दिए ।

गरिब देशले आवश्यक खोप पाउन नसक्नु महामारी लम्बिनुको कारण बन्ने देखिएको भन्दै उनले खोप वितरणमा सहयोग विस्तार गर्न अपील गरे ।

अफ्रिकामा पाँच प्रतिशत भन्दा कम जनताले मात्र खोप लगाएका छन् । अन्य महादेशले भने ४० प्रतिशत खोप लगाइसकेका छन् । उनले धनी देशलाई खोपका लागि औषधि कम्पनीलाई कम आय भएका देशलाई प्राथमिकता दिन अपील गरे।

धनी देशले आफ्नो खोपको माग त्याग्नुपर्नेमा उनको जोड छ । धनी देशले आवश्यकता भन्दा बढी खोप मौज्दात गरेका कारण उत्पादकले कम आए भएका देशलाई प्राथमिकता दिन नसकेको उनको भनाइ छ ।

यस्तै धनी देशले भने अनुसारको खोपको आपूर्ति गर्न पनि उनले आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *