Main News
नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने चीनको घोषणा
२०७८ कार्तिक २ गते १८:३७

२ कात्तिक २०७८ काठमाडौं । चीनले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने घोषणा गरेको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगको टेलिफोन कुराकानीमा थप २० लाख डोज खोप अनुदान दिने घोषणा गर्नुभएको हो।
यसअघि पनि चीनले पटक पटक गरी विभिन्न परिमाणमा नेपाललाई कोरोना विरुद्धको खोप अनुदानमा दिइसकेको छ ।
चिनियाँ विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री खड्का बीच दुईपक्षीय सम्बन्ध,कोरोनाको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।
चिनियाँ विदेशमन्त्री वाङले र परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको समेत निम्तो दिनु भएको छ ।
प्रतिक्रिया