कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, १०९६ संक्रमित थपिँदा १००४ संक्रमणमुक्त
२ कात्तिक २०७८ काठमाडौं । नेपालमा पछिल्लो पटक कोरोना संक्रमण र मृत्युदर बढेको छ ।
थप एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ ।
आठ हजार एक सय ४० पीसीआर परीक्षणमा ९ सय ५७ र एक हजार ७ सय ७६ एन्टिजेन परीक्षणमा एक सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सबैभन्दा धेरै काठमाडौंमा थप दुई सय ४३, चितवनमा एक सय ५३, ललितपुरमा ८७ झापामा ७२ र रुपन्देहीमा ६४ जनामा संक्रमण भएको छ ।
पछिल्लो पटक थप १२ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनका कारण मृत्यु हुनेको संख्या ११ हजार ३ सय ५ जना पुगेको छ ।
पछिल्लो पटक एक हजार चार जना संक्रमणमुक्त भएका छन । अहिले देशभर ११ हजार ८ सय १५ जना सक्रिय संक्रमित छन ।
पछिल्लो पटक एक लाख ६३ हजार २६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया