Political Hightlights

पुसमा हुने राष्ट्रिय सम्मेलनबारे माओवादी केन्द्रमा छलफल तिब्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १ गते १५:४७
पुसमा हुने राष्ट्रिय सम्मेलनबारे माओवादी केन्द्रमा छलफल तिब्र (भिडियो रिपोर्टसहित)

१ कात्तिक २०७८ काठमाडौं । नेकपा माओवादी केन्दले आगामी पुसमा गर्ने तय भएको राष्ट्रिय सम्मेलनबारे छलफल तीब्र पारेको छ ।

माओवादी स्थायी कमिटीको आजको बैठकमा राष्ट्रिय सम्मेलनलाई केन्द्रमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नविकरण, विभागहरु गठन लगायत विषयमा छलफल भएको हो ।

बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटीमा उठेका कुराहरुलाई थप छलफलपछि मात्रै निस्कर्षमा लैजाने बताउनुभयो ।

माओवादी केन्द्रको स्थायी कमिटीको अर्को बैठक भोलि बिहान ८ बजेका लागि बोलाइएको छ । भोलिको बैठकपछि मात्रै अन्तिम निश्कर्षमा पुगिने प्रवक्ता महराले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *