Main News

गोरखाको आरुघाट केन्द्रविन्दु भएर ४ दशमलव ३ म्याग्नेच्युडको परकम्प

हिमालय टिभी
२०७८ असोज ३१ गते ९:३३
गोरखाको आरुघाट केन्द्रविन्दु भएर ४ दशमलव ३ म्याग्नेच्युडको परकम्प

३१ असोज २०७८ काठमाडौं । गोरखाको आरुघाट केन्द्रविन्दु भएर आज बिहानै परकम्प गएको छ ।

आज बिहान ४ बजेर ९ मिनेटमा आरूघाट असपास केन्द्र भएर ४ दशमलव ३ म्याग्नेच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो २०७२ साल बैशाख १२ मा गएको भूकम्पकै परकम्प भएको भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ठूलो भूकम्पपछि वर्षौसम्म त्यसको परकम्प आइरन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *