एन्फाले मुख्य प्रशिक्षक अलमुताइरीलाई नेपाल फर्किन अनुरोध गर्ने

हिमालय टिभी
२०७८ असोज २९ गते १०:४१
एन्फाले मुख्य प्रशिक्षक अलमुताइरीलाई नेपाल फर्किन अनुरोध गर्ने

२९ असोज २०७८ काठमाडौं । नेपाली राष्ट्रिय फूटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई नेपाल फर्किन अनुरोध गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले साफको फाइनल हेर्न जाँदा प्रशिक्षक अलमुताइरीलाई नेपाल फर्किन अनुरोध गर्ने बताउनुभयो । उहाँले अलमुताइरीसँग राजीनामाको विषयमा छलफल गर्ने र नेपाल फर्कन आग्रह गर्ने बताउनुभयो ।

मुख्य प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिपको फाइनलपछि राजीनामा दिने घोषणा गरिसक्नुभएको छ । फाइनल खेल भोलि हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *