Main News

साना दलहरुसँग सहकार्यको प्रयासमा मुख्यमन्त्री शाक्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २६ गते १६:१३
साना दलहरुसँग सहकार्यको प्रयासमा मुख्यमन्त्री शाक्य (भिडियो रिपोर्टसहित)

२६ असोज २०७८ काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले साना दलहरुसँग सत्ता सहकार्यको पहल भइरहेको बताउनुभएको छ ।

हिमालय टेलिभिजनसँग कुरा गर्दै मुख्यमन्त्री शाक्यले साना दलले निष्ठाको राजनीतिलाई साथ दिने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री शाक्यले व्यक्तिगत रुपमा सहमतिको प्रयास गर्न बाँकी रहेको बताउँदै वर्तमान सरकारलाई कायम राख्नेगरी पार्टीले वातावरण बनाउने बताउनुभयो । आफ्नो सरकार अल्पमतमा रहेपनि विश्वासको मत प्रप्त हुनसक्ने उहाँको भनाइ छ ।

पार्टीमा सिद्धान्त र नैतिकता स्थापित गर्न आफु लागिपरेको बताउँदै मुख्यमन्त्री शाक्यले विचार र सिद्धान्तहिन दलहरुको भविष्य समाप्त भइसकेको बताउनुभयो ।

नेताहरुको व्यक्तिगत स्वार्थ र सत्ता लोलुपताका कारण कम्युनिष्ट सिद्धान्तमा आँच आएको बताउँदै मुख्यमन्त्री शाक्यले इमान र नैतिकताको राजनीतिका लागि एमालेले अगुवाई गर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *