Main News

उपत्यकाका वर्कशपहरुलाई दशैंले यस्तो भ्याइनभ्याई (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २६ गते १६:०९
उपत्यकाका वर्कशपहरुलाई दशैंले यस्तो भ्याइनभ्याई (भिडियो रिपोर्टसहित)

२६ असोज २०७८ काठमाडौं । राजधानीका वर्कशपलाई यतिबेला भ्याइनभ्याई छ । दशैं शुरु भएसँगै घर जानेहरुले आफनो गाडी मर्मत सम्भार गर्न आएकाले वर्कशपमा काम गर्नेहरुलाई बोल्नसमेत फुर्सद छैन ।

दशैं शुरु भएसँगै काठमाडौंबाट घर जानेको संख्या बढ्दो छ । आफनो सवारी साधन लिएर घर जानेले एक पटक वर्कशपमा देखाउने हुनाले पनि ग्यारेजमा काम गर्नेहरुलाई बोल्ने समेत फुर्सद छैन ।

कोरोनाको जोखिमको कारण समेत आफनो साधन भएकाहरु आफ्नै सवारी लिएर घर जाने गरेका छन । लामो यात्रा गरेर घर जानुपर्ने भएकाले आफ्नो सवारीको चेकजाँच, टायर, पाटपुर्जा र आफनो साधनको कन्डिसन चेकजाँच गर्न आउनेको सख्या बढेको छ ।

अधिकांश व्यसयायी आफ्नो पेश व्यवसाय बन्द गरेर घर गइसकेका छन् । ग्यारेज व्यवसायीहरुलाई दशैले छोएको छैन। निरन्तर आउने ग्राहक नै सवारी साधन बनाउन आउने भएकाले उनीहरुले नाई समेत भन्न भ्याएका छैनन् ।

हरेक घरमा व्यक्ति पिच्छे सवारी साधन हुने भएकाले पनि ग्यारेजहरु कहिल्यै अफसिजन हुँदैन । तर दशैंको बेला अझ टाढाको यात्रामा धेरै निस्कने हुनाले पनि वासिङदेखि सर्भिसिङ गर्न आउने गरेका छन् ।

सानो लगानीको ग्यारेजले राम्रो कमाई गरिरहेका छन । सवारी साधन धेरै ग्यारेज कम हुदाँ अधिकांश ग्यारेज बिजी छन । देशमा रोजगारी छैन भनेर बिदेश जानेहरुलाई स्वदेशमा काम गर्ने हो भने पैसा नेपालमै छ भन्ने सन्देश पनि ग्यारेज खोल्नेले दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *