Main News

मानसिक स्वास्थ्यप्रति गम्भिर नबन्दा मानसिक रोगीको यसरी संख्या बढ्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २४ गते २०:५०
मानसिक स्वास्थ्यप्रति गम्भिर नबन्दा मानसिक रोगीको यसरी संख्या बढ्दै (भिडियो रिपोर्टसहित)

२४ असोज २०७८ काठमाडौं । स्वस्थ जीवन जीउनका लागि मानिसको शारीरिकसँगै मानसिक अवस्था पनि चुस्त हुनु महत्वपूर्ण छ । तर मानसिक स्वास्थ्यप्रति गम्भिर बन्न नसकेका कारण नेपालमा मानसिक बिरामीको संख्या बढ्दै गएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वमा हरेक वर्ष करिब ३० करोड मानिस डिप्रेशनको शिकार हुने गरेको जनाएको छ । यस्ले विश्वमा मानसिक स्वास्थ्य समस्याको विकराल अवस्था झल्काउँछ ।

व्यस्त जीवनशैली, एक्लोपनले नेपालमा पनि डिप्रेशन, एन्जाइटी लगायतका मानसिक स्वास्थ्य समस्या बढिरहेको छ । जीवनशैलीलाई व्यवस्थित गर्न सके मानसिक स्वास्थ्य समस्यामा कमी आउन सक्छ ।

मानसिक स्वास्थ्य समस्या हुँदा, राति सुत्न नसक्ने, कमजोर महशुस हुने, आत्तिने, तनाव हुने, जीवन बेकार लाग्ने, धेरै ज्यादा खान मन लाग्ने वा खानै मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । यस्तो अवस्थामा अन्य व्यक्तिको सहयोग वा मनोचिकित्सकको सल्लाह लिएर समस्याको समाधान गर्न सकिन्छ ।

नेपालमा २२ लाखभन्दा बढीमा मानसिक समस्या रहेको अनौपचारिक तथ्याङ्क छ । १५ देखि २४ वर्ष उमेर समूहमा मानसिक स्वास्थ्य समस्या बढी हुने गरेको पाइएको छ । ५ युवामध्ये १ जनामा मानसिक समस्या देखिने गरेको छ । त्यसैले यसको बेलैमा उपचार गर्नु आवश्यक छ ।

मानसिक स्वास्थ्य समस्या बढ्दै गएर नेपालमा बर्सेनि करिब ५ हजार जनाले आत्महत्या गर्ने गरेको र ८५ प्रतिशतले मानसिक रोगको उपचार नपाउने गरेको सरकारी तथ्यांक छ । समयमै पहिचान भइ उपचार गरेको खण्डमा मानसिक स्वास्थ्य समस्या पूर्ण रुपमा समाधान हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *