Political Hightlights

देश र जनताको हितमा काम गर्न मन्त्रीहरुलाई अध्यक्ष नेपालको निर्देशन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २४ गते १८:२३
देश र जनताको हितमा काम गर्न मन्त्रीहरुलाई अध्यक्ष नेपालको निर्देशन (भिडियो रिपोर्टसहित)

२४ असोज २०७८ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरुलाई इमान्दारिता र कर्तव्य निष्ठाका साथ देश र जनताको हितमा काम गर्न निर्देशन दिनुभएको छ ।

पार्टीबाट नियुक्त मन्त्रीहरुलाई आज पार्टी केन्द्रीय कार्यालमा बोलाएर अध्यक्ष नेपालले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरुबाट मुक्त हुन मन्त्रीहरुलाई सचेत गराउनुभयो ।

अध्यक्ष नेपालले मन्त्रीहरुबाट विवादमा आउने र बदनामी कमाउने कुनैपनि काम हुन नहुनेमा जोड दिनुभयो । उहाँले कुनै पनि प्रकारका दुर्व्यसन र आचरणसँग जोडिने काम नगर्न निर्देशन दिनुभयो ।

अध्यक्ष नेपालले मन्त्रिपरिषद् बैठकमा आउने विषयमा साझा धारणा बनाएर मात्रै प्रस्तुत हुनुपर्ने बताउनुभयो ।

सिंगो मन्त्रिपरिषद्ले गर्ने निर्णयको जसअपजसको भागिदार सबै मन्त्री हुने उल्लेख गर्दै उहाँले मन्त्रिपरिषद्का विषयवस्तुहरु पार्टीलाई जानकारी गराउन निर्देशन दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्