पत्रकार बाँस्कोटाको ‘ढुङ्गाको प्रेम’ नामक कविता संग्रह सार्वजनिक
२०७८ असोज २४ गते १८:१२
२४ असोज २०७८ पाँचथर । पत्रकार गिरिराज बाँस्कोटाको ‘ढुङ्गाको प्रेम’ नामक कविता संग्रह सार्वजनिक भएको छ ।
शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहको पाँचथर सदरमुकाम फिदिममा आज साहित्यकार विमल वैधले लोकपर्ण गर्नुभयो । कृतिमा २७ वटा कविता संग्रहीत छन् ।
कृतिमाथि टिप्पणी गर्दै पाँचथर बहुमूमी क्याम्पसका उपप्रमुख लक्ष्मी ढुङ्गानाले बाँस्कोटाको कविता नेपाली साहित्यमा हस्तक्षेप राख्न सक्ने कविता भएको चर्चा गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि वैधले एउटा यायावरले लेखेको कविता संग्रहले हिमाल, पहाड, तराईका विषय छोएको बताउनुभयो ।
प्रतिक्रिया