Main News

लुम्बिनी प्रदेशमा जम्बो मन्त्रिमण्डल, ६ मन्त्री र चार राज्यमन्त्रीले लिए शपथ

हिमालय टिभी
२०७८ असोज २४ गते १७:०७
लुम्बिनी प्रदेशमा जम्बो मन्त्रिमण्डल, ६ मन्त्री र चार राज्यमन्त्रीले लिए शपथ

२४ असोज २०७८ बुटवल । लुम्बिनी प्रदेश सरकारमा आज १० जना मन्त्री थपिएका छन् । ४ दलीय गठबन्धनको सरकार गठन भएको करिब दुई महिनापछि मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको हो ।

योसँगै लुम्बिनी प्रदेश मन्त्रिपरिषद १७ सदस्यीय भएको छ । कांग्रेसबाट पाल्पाका वीरबहादुर राना उर्जा, जलश्रोत तथा सिचाईं, बाँकेका सुरेन्द्रबहादुर हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री र रुपन्देहीका बसिउद्दिन खाँ शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्री बन्नुभएको छ ।

यस्तै कांग्रेसबाट राज्यमन्त्रीमा दाङका अर्जुनकुमार श्रेष्ठ र कपिलवस्तुकी रिना नेपाल विकले शपथ लिनुभएको छ । श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री र रिना पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्री हुनुभएको छ ।

यसैगरी माओवादीबाट बर्दियाका तिलकराम शर्मा आन्तरिक मामिला तथा सञ्‍चार, दाङका इन्द्रजित थारू स्वस्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री बन्नुभएको छ ।

माओवादीबाट दाङकी विमलाकुमारी वली खत्री स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री र कपिलवस्तुकी सुष्मा यादव कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री बन्नुभएको छ ।

नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी रमा घर्ती कानून, महिला, बाालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बन्नुभएको छ ।

लुम्बिनीमा गत साउन २८ गते माओवादी केन्द्रका केसीको नेतृत्वमा नयाँ सरकार बनेको थियो । माओवादी केन्द्र, कांग्रेस, जसपा र स्वतन्त्र समूहका समेत सहभागी भएर सात सदस्यीय मन्त्रिपरिषद वृद्धि भई १७ सदस्यीय बनेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *