उपचारको क्रममा बालिकाको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पतालमा तनाव

Himalaya Television
२०७८ असोज २३ गते १९:१०

उपचारको क्रममा बालिकाको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पतालमा तनाव

२३ असोज २०७८ सुर्खेत । कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा बालिकाको मृत्यु भएपछि तनाव भएको छ ।

चिकित्सकको लापर्वाहीले दैलेखको नारायण नगरपालिका ४ की अढाइ वर्षिया बालिका कुसुम कटुवालको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा प्रदर्शन र तोडफोड गरेका छन् ।

घटनाको उचित छानविन हुनुपर्ने उनीहरुको माग छ। चार दिन अघि नाकमा मकैको दाना अड्केपछि कुसुमलाई दैलेख अस्पतालमा उपचार पछि कर्णाली रिफर गरिएको थियो ।

शुक्रबार बिहानै प्रदेश अस्पतालका एक चिकित्सकले बालिकाको स्वास्थ्यावस्था चेकजाँच गरेका थिए । उनले श्वास नलीमा समस्या आएको र प्रदेश अस्पतालमा आइसीयु खाली नभएको भन्दै शिक्षण अस्पताल लैजान सुझाएका थिए।

प्रदेश अस्पतालका प्रवक्ता डाक्टर विकास केसीले श्वासप्रश्वासका कारण बालिकाको मृत्यु भएको बताउनुभयो । गएराति कुसुमको मृत्यु भएपछि आज विहान अस्पताल प्रशासन र मृतक बालिकाका अभिभावकबीच छलफल भए पनि सहमति हुन सकेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs