Main News
कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, ७६० संक्रमित थपिँदा ८९९ जना संक्रमणमुक्त
२०७८ असोज २३ गते १७:०९

२३ असोज २०७८ काठमाडौं । नेपालमा ७ सय ६० जनामा कोराना संक्रमण पुष्टि भएको छ भने थप ११ जनाको मृत्यु भएको छ ।
६ हजार १ सय ६८ जनाको पीसीआर परीक्षणमा ६ सय ३६ र ५ हजार ८ सय ६३ जनाको एन्टीजेन परीक्षणमा एक सय २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो कूल परीक्षणको ६ दशमलब तीन एक प्रतिशत हो । पछिल्लो पटक पनि सबैभन्दा धेरै काठमाडौं उपत्यकामा संक्रमित थपिएका छन् ।
जसमध्यै काठमाडौंमा १ सय ४५, ललितपुरमा ५७ र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो पटक ८ सय ९९ जना संक्रमणमुक्त भएका छन । थप ११ जनाको मृत्यु भएको छ । देशभर संक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ४० मा झरेको छ ।
पछिल्लो पटक ९० हजार ९ सय ९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया