विदेश

कोरोनाबाट जोगिन अपनाइने तरिकाले खुट्टामा नकारात्मक प्रभाव : अध्ययन

हिमालय टिभी
२०७८ असोज २३ गते ९:०८
कोरोनाबाट जोगिन अपनाइने तरिकाले खुट्टामा नकारात्मक प्रभाव : अध्ययन

२३ असोज २०७८ न्युयोर्क । कोरोना भाइरसको सङ्क्रमणसँग लड्न अपनाइने तरिकाले मानिसको खुट्टामा नकारात्मक प्रभाव परेको अध्ययनमा दाबी गरिएको छ ।

हालै सार्वजनि गरिएको एक अध्ययन अनुसार कोरोना सङ्क्रमणको जोखिमबाट जोगिनका लागि अपनाइने तरिकाका कारण सङ्क्रमित व्यक्तिको खुट्टाको औंलामा घाउ हुने गरेको दाबी गरिएको छ ।

व्यक्तिको प्रतिरोधात्मक क्षमताको कुनै हिस्साको कारण यस्तो हुने गरेको अध्ययनमा भनिएको छ । कोरोना सङ्क्रमणपछि नदुख्ने तर, खुट्टा सुन्निने र चिलाउने समस्या देखिने गरेको पाइएको हो ।

यो जुनसुकै उमेर समूहका व्यक्तिमा हुने गरेको भएपनि २० वर्षभन्दा कम उमेरका र धेरै बालबालिकामा यो समस्या बढी देखिएको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *