Political Hightlights

आफ्नो पार्टी एक मात्र राष्ट्रिय शक्ति बन्ने प्रचण्डको दाबी

हिमालय टिभी
२०७८ असोज २२ गते १९:०३
आफ्नो पार्टी एक मात्र राष्ट्रिय शक्ति बन्ने प्रचण्डको दाबी

२२ असोज २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी एक मात्र राष्ट्रिय शक्तिको रुपमा उदाउने दाबी गर्नु भएको छ ।

भक्तपुरमा आयोजित विस्तारित बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले पहिलो प्राथमिकता आगामी निर्वाचनमा गठबन्धन सँगै मिलेर जाने बताउनुभयो ।

उहाँले संविधान र लोकतान्त्रिक गणतन्त्रमा उभिएका दलहरुबीच एकता अपरिहार्य रहेको भन्दै आगामी निर्वाचनसम्म यहि गठबन्धन सँगै भएर निर्वाचनमा जाने आपसी समझदारी रहेको बताउनुभयो ।

आफूहरुले कम्युनिष्ट एकता चाहँदा चाहँदै पनि ओलीले आन्तरिक र बाह्य शक्तिको बुई चढेर कम्युनिष्ट एकता भंग गरेको प्रचण्डले आरोप लगाउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्