Main News

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रपति भण्डारीसँग भेट

हिमालय टिभी
२०७८ असोज २२ गते १३:२५
प्रधानमन्त्री देउवाद्वारा राष्ट्रपति भण्डारीसँग भेट

२२ असोज २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्नुभएको छ ।

आज दिउँसोसम्म मन्त्रिपरिषद् विस्तार हुने चर्चा चलिरहेका बेला प्रधानमन्त्री देउवाले शितल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुभएको हो ।

भेटमा प्रधानमन्त्री देउवाले आज मन्त्रीहरुको सपथ हुन सक्नेबारे राष्ट्रपतिलाई जानकारी गराए पनि मन्त्रीहरुको नियुक्तिको सूची भने बुझाइएको छैन ।

सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नामावली टुंग्याइसकेको भए पनि नेपाली कांग्रेस र जसपामा निर्णय हुन नसकेकाले सपथको समय अझै निश्चित भइसकेको छैन।

हिजो बसेको गठबन्धनको बैठकमा आज मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *