Main News

बडादशैंको दोस्रो दिन आज भक्तिकी प्रतीक ब्रह्मचारिणी देवीको पूजा गरिँदै

हिमालय टिभी
२०७८ असोज २२ गते ७:३९
बडादशैंको दोस्रो दिन आज भक्तिकी प्रतीक ब्रह्मचारिणी देवीको पूजा गरिँदै

२२ असोज २०७८ काठमाडौं । बडादशैंको दोस्रो दिन आज भक्तिकी प्रतीक ब्रह्मचारिणी देवीको पूजा गरिंदै छ ।

आज नवरात्रको दोस्रो दिन शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजा हुँदैछ । ब्रह्मचारिणीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजा गर्ने प्रचलन छ ।

ब्रह्मचारिणीको आराधनाले ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ ।

सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रह्मचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ ।

ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ ।

माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता हिन्दू शास्त्रहरुमा छ । शास्त्रहरुमा ब्रहमचारिणीलाई वदनवर्ण कलेजी रङको रहेको भनेर वर्णन गरिएको छ ।

दशैंको पहिलो दिन हिजो घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो । देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *