Political Hightlights

माओवादीले टुंगो लगायो तीन मन्त्री र एक राज्यमन्त्री

हिमालय टिभी
२०७८ असोज २१ गते ८:१३
माओवादीले टुंगो लगायो तीन मन्त्री र एक राज्यमन्त्री

२१ असोज २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री सर्वसम्मतिले टुंगो लगाएको छ ।

हिजो बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो ।

बैठकमा मन्त्रीहरुको नाम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गर्नुभएको थियो भने नारायणकाजी श्रेष्ठले समर्थन गर्नु भएको थियो ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार मन्त्रालयहरु भने टुंगो लागेको छैन । तर भूमि व्यवस्था, श्रम र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने सम्भावना छ ।

मन्त्रालय टुंगो लगाउने जिम्मा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुलाई दिइएको महराले जानकारी दिनुभयो । स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल पहिलो पटक मन्त्री बन्न लाग्नु भएको हो ।

शशी श्रेष्ठसँग २०६४ सालमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएर काम गरेको अनुभव छ । हाल उहाँ संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति हुनुहुन्छ ।

सशस्त्र विद्रोहबाट आएका महेश्वर गहतराज पनि पहिलो पटक मन्त्री बन्न लाग्नु भएको हो । राज्यमन्त्री बनाउन लागेकी बोधमाया यादव शहीद रामवृक्ष यादवकी छोरी हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्