Main News

एमसीसी संसदबाट तत्काल पारित गर्न दलहरुलाई निजी क्षेत्रको आग्रह

हिमालय टिभी
२०७८ असोज २० गते १७:३४
एमसीसी संसदबाट तत्काल पारित गर्न दलहरुलाई निजी क्षेत्रको आग्रह

२० असोज २०७८ काठमाडौं । राष्ट्रिय हितलाई ध्यानमा राखी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट तत्काल पारित गर्न निजी क्षेत्रले सरकार तथा राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शको टोलीले आज संयुक्त विज्ञप्ति जारी गरी एमसीसी तत्काल पारित गरी कार्यान्वयन गर्न सरकार, सम्पूर्ण राजनीतिक दल एवं सरोकारवालालाई आग्रह गरेका हुन् ।

कोभिड नाइन्टिन महामारीपछि अर्थतन्त्रको सुधारका लागि पर्याप्त लगानी आवश्यक रहेको अवस्थामा दीर्घकालमा विद्युत निर्यात एवं प्रविधि हस्तान्तरणको अवसर एमसीसीबाट प्राप्त हुने सम्भावना रहेको निजी क्षेत्रको ठहर छ ।

कोरोनाका कारण आन्तरिक श्रोत खुम्चिएको र वैदेशिक सहायता पनि अपेक्षाकृत बढ्न नसकेको बेला ५० करोड डलरको सहायता नेपालका लागि महत्वपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ ।

एमसीसीअन्तर्गतका आयोजना ५ वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्थाले विकास सुशासनका लागि समेत नमुना बन्नसक्ने उनीहरुको ठहर छ।।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *