कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, १०४३ संक्रमित थपिँदा ८९१ संक्रमणमुक्त
२० असोज २०७८ काठमाडौं । नेपालमा थप एक हजार ४३ जनामा कोराना संक्रमण पुष्टि भएको छ भने थप १२ जनाको मृत्यु भएको छ ।
११ हजार १ सय ६५ जनाको पीसीआर परीक्षणमा ८ सय ४९ र ४ हजार ३ सय एन्टीजेन परीक्षणमा एक सय ९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो कूल परीक्षणको ९ दशमलब तीन चार प्रतिशत हो ।
पछिल्लो पटक पनि सबैभन्दा धेरै काठमाडौं उपत्यकामा संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा ३ सय ४४, ललितपुरमा ६१ र भक्तपुरमा ३५ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो पटक ८ सय ९१ जना संक्रमणमुक्त भएका छन । देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १ सय ९४ मा झरेको छ । ३ सय ३८ जनाको आइसीयू र एक सय १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो पटक संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । यो संंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ९२ पुगेको छ । पछिल्लो पटक ५९ हजार ३ सय ७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
प्रतिक्रिया