Main News
आज देशका थोरै ठाउँमा पानी पर्ने सम्भावना
२०७८ असोज २० गते ८:४९
२० असोज २०७८ काठमाडौं । आज देशका थोरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।
भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावले आज देशभरी कै मौसम आशिंकदेखि सामान्य बदली भइ थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस्तै राति पनि थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो ।
प्रतिक्रिया