कर्णालीमा करिब अढाई लाख नागरिकले लगाए कोरोनाविरुद्धको खोप (भिडियो रिपोर्टसहित)
२०७८ असोज १९ गते १८:०४
१९ असोज २०७८ सुर्खेत । कर्णाली प्रदेशमा झण्डै अढाई लाख नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले अहिलेसम्म प्रदेशका १० वटै जिल्लामा गरेर दुई लाख ४१ हजार २४९ जना अर्थात २२ प्रतिशतले पूर्ण खोप लगाएको जनाएको छ ।
प्रदेशमा अझै एक लाख २० हजार ७ सय ११ जनाले दोस्रो मात्रा खोप लगाउन बाँकी छ । अहिले प्रदेशका सबै जिल्लामा खोप कार्यक्रम सञ्चालन भइरहेको छ । स्वास्थ्य सेवा निर्देशक डा. रवीन खड्काले पालिकास्तरमा खोप कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
कर्णाली प्रदेशमा गएको माघदेखि खोप अभियान चलिरहेको छ । सबैभन्दा बढी सुर्खेतमा ७७ हजार १५ जनाले र डोल्पामा ६ हजार ६ सय ३३ जनाले खोप लगाएका छन् ।
प्रतिक्रिया