Main News
अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको विमान चिप्लियो
२०७८ असोज १९ गते १३:१६

१९ असोज २०७८ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसहितको श्री एयरलाइन्सको विमान चिप्लिएर घाँसे मैदानतिर गएको छ ।
यात्रु भरेर नेपालगञ्ज उड्न लागेको विमान पार्किङ्गबाट निकाल्दै गर्दा ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको हो । विमान चिप्लिए पनि सबै यात्रु र जहाज सकुशल छन् ।
विमानको पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर मैदानमा भासिएको छ । ८० जना यात्रु लिएर नेपालगन्ज जान लागेका जहाज उड्नुअघि नै ट्याक्सी वे छाडेर बाहिर गएपछि सबै यात्रुलाई निकालिएको छ ।
यात्रुलाई अर्को विमानमा नेपालगञ्ज पठाइएको श्री एयरलाइन्सले जनाएको छ । यस्तै ट्याक्सी वे नजिक घाँसे मैदानमा पुगेको विमानलाई पनि निकालिएको छ ।
प्रतिक्रिया