Main News
आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने
२०७८ असोज १९ गते ९:०७
![आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने](https://www.himalayatv.com/wp-content/uploads/2020/06/barsha.jpg)
१९ असोज २०७८ काठमाडौं । आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रतिक्रिया