Main News

कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु, ६७९ संक्रमित थपिँदा १४०५ जना संक्रमणमुक्त

हिमालय टिभी
२०७८ असोज १७ गते १६:४५
कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु, ६७९ संक्रमित थपिँदा १४०५ जना संक्रमणमुक्त

१७ असोज २०७८ काठमाडौं । नेपालमा थप ६ सय ७९ जनामा कोराना संक्रमण पुष्टि भएको छ भने थप ७ जनाको मृत्यु भएको छ ।

सात हजार ७० जनाको पीसीआर परीक्षणमा ५ सय ७४ र ३ हजार ८ सय ५० एन्टीजेन परीक्षणमा एक सय ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक पनि सबैभन्दा धेरै काठमाडौं उपत्यकामा संक्रमित थपिएका छन् ।

पछिल्लो पटक एक हजार ४ सय ५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ६९ हजार २ सय २४ रहेको छ । अहिले देशभर १६ हजार ८ सय ४ जना सक्रिय संक्रमित छन ।

३ सय ३७ जनाको आइसीयू र एक सय ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । १५ हजार ५ सय ३४ जना होम आइसोलेसनमा र १ हजार २ सय ७० जना संस्थागत आइसोलेसनमा छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ६४ पुगेको छ । पछिल्लो पटक २६ हजार ४ सय १९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *