Political Hightlights

राजकुमार लेखी एमालेमा प्रवेश

हिमालय टिभी
२०७८ असोज १७ गते १४:२४
राजकुमार लेखी एमालेमा प्रवेश

१७ असोज २०७८ काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनको अन्तिम दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखीलाईसहितका ५५ जनालाई पार्टी प्रवेश गराउनु भएको हो ।

लेखीले पहिलो संविधानसभा विघटनपछि एमाले छोडनु भएको थियो । त्यसपछि उहाँ मधेशवादी विभिन्न दलहरुमा आवद्ध हुनु भएको थियो ।

कार्यक्रममा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य अमर धमला, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु पनि एमाले प्रवेश गर्नु भएको थियो ।

पछिल्लो समय लेखी जनता समाजवादीबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय सदस्य हुनुहुथ्यो । उहाँले केही दिनअघि मात्र लोसपाबाट राजीनामा दिनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्