जनशक्ति अभावमा भेन्टिलेटर र आईसीयू सञ्चालनमा आउन सकेन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १६ गते १८:२८
जनशक्ति अभावमा भेन्टिलेटर र आईसीयू सञ्चालनमा आउन सकेन (भिडियो रिपोर्टसहित)

१६ असोज २०७८ धनकुटा । जनशक्ति अभावका कारण जिल्ला अस्पताल धनकुटामा भेन्टिलेटर र आईसीयू सञ्चालनमा आउन सकेको छैन ।

सञ्चालनका लागि तयार पारिएको ८ महिना भइसक्दा पनि जनशक्ति नहुँदा भेन्टिलेटर र आईसीयू सञ्चालन हुन नसकेको हो । जनशक्ति अभावको समस्या पटकपटक माथिल्लो निकायमा राख्दा समेत सुनुवाइ नभएको जिल्ला अस्पताल धनकुटाका निमित्त मेडिकल सुपरिवेक्षक डा. पुजन विश्वकर्माले जानकारी दिनुभयो ।

सरकारको जनसुरक्षा कोषको सहयोगमा ४ वटा भेन्टिलेटरसहितको १० वटा आईसीयू बेड संचालन गर्न करिव १ करोड ६५ लाख रुपैँयामा उपकरणहरु ल्याइएको हो ।

भेन्टिलेटर र आईसीयू अभावका कारण जटील समस्याका बिरामीलाई सुनसरी तथा मोरङका अस्पतालमा रिफर गर्ने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *