Main News

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, ८६७ संक्रमित थपिँदा ११२३ जना संक्रमणमुक्त

हिमालय टिभी
२०७८ असोज १६ गते १६:४१
कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, ८६७ संक्रमित थपिँदा ११२३ जना संक्रमणमुक्त

१६ असोज २०७८ काठमाडौं । नेपालमा थप ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो कूल परीक्षणको १० दशमलव पांच चार प्रतिशत हो ।

पछिल्लो पटक ५ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षणमा ६ सय ५९ र २ हजार ६ सय २१ जनाको एन्टीजेन परीक्षणमा २ सय ८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा २ सय ५५ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । जसमध्ये काठमाडौंमा १ सय ६४, ललितपुरमा ६५ र भक्तपुरमा २६ संक्रमित थपिएका छन ।

उपत्यका बाहिर सबैभन्दा धेरै झापामा ५० जनामा संक्रमण पुष्टि भएको छ । थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ५७ पुगेको छ ।

यस्तै १ हजार १ सय २३ जना संक्रमणमुक्त भएका छन् । देशभर अहिले सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ४२ मा झरेको छ । थप ८३ हजार ३ सय बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

हालसम्म ७६ लाख ९४ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोपको पहिलो डोज र ६३ लाख ४८ हजारभन्दा बढीले खोपको दुवै मात्रा लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *