Main News

दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा जनगणनाको तयारी

हिमालय टिभी
२०७८ असोज १६ गते ७:५७
दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा जनगणनाको तयारी

१६ असोज २०७८ काठमाडौं । तथ्याङक विभागले भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तयारी गरेको छ ।

सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने गरी काम अघि बडेको तथ्याङ्क विभागको तथ्याङक शाखाका प्रमुख डुण्डीराज लामिछाने जानकारी दिनुभयो ।

व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभि गाउँका ३२० परिवारका एक हजार जनाको गणना गर्न विभागले घरदैलोमै पुग्ने उहाँको भनाइ छ ।

यसअघिको तथ्याङकमा सात सय जना रहेको उक्त क्षेत्रमा हाल एक हजार जना पुगेको अनुमान विभागको छ । कालापानी र लिपुलेकलाई विवादास्पद भनेर हल्ला गरेपनि विभागले त्यसरी नलिएको र कुनै समस्या आए कूटनीतिक पहलबाट अथवा बैकल्पिक विधि अपनाएर पनि गणना गर्ने उहाँले बताउनुभयो ।

विभागले तालिम दिएर आठ हजार सुपरभाइजरलाई गत भदौ ३० गतेदेखि फिल्डमा पठाइसकेको छ । विभागले असोज १८ गते भित्र सम्पन्न गर्ने पहिलो चरणको घरसूचिकरणको काम सम्पन्न गर्ने कार्यतालिका बनाएको छ ।

विभागले छनौट भएका गणकहरुलाई कात्तिक २५ देखि मंसिर ९ गतेसम्म फिल्डमा खटाएर गणना सम्पन्न गर्ने कार्यक्रम रहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *