Main News

अदालतको अवहेलना मुद्दामा चार जना पूर्वप्रधानन्यायाधीशलाई सफाइ

हिमालय टिभी
२०७८ असोज १५ गते १६:२९
अदालतको अवहेलना मुद्दामा चार जना पूर्वप्रधानन्यायाधीशलाई सफाइ

१५ असोज २०७८ काठमाडौं । सर्वोच्च अदालतले चार जना पूर्वप्रधानन्यायाधीशलाई अवहेलना मुद्दामा सफाइ दिएको छ ।

अवहेलना मुद्दामा सफाइ पाउने पूर्व प्रधानन्यायाधीशहरुमा मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की हुनुहुन्छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजालसले अवहेलना मुद्दामा माग दाबी नपुगेको भन्दै उहाँहरुलाई सफाइ दिएको हो ।

तत्कालीन प्रधानमन्त्री के पी शर्मा ओलीले २०७७ साल पुस २४ गते गरेको संसद विघटन असंवैधानिक भन्दै उहाँहरुले संयुक्त विज्ञप्ति जारी गर्नुभएको थियो ।

विज्ञप्ति जारी गरेर अदालतको अवहेलना गरेको भन्दै अधिवक्ताहरु लोचन भट्टराई र धनजीत बस्नेतले अवहेलना मुद्दा दायर गर्नुभएको थियो ।

सो मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोज शर्माको इजलासले स्वयं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश गरेको थियो ।

पूर्वप्रधानन्यायाधीश शर्माले छुट्टै लिखित जवाफ पेश गर्नुभएको थियो भने अन्य तीनजनाले संयुक्त लिखित जवाफ सर्वोच्चमा दिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *