एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुरु (Live)
१५ असोज २०७८ काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुरु भएको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर र मोवाइलको बटम थिचेर लोगो अनावरण गरेर उद्घाटन गर्नु भएको हो ।
विधान महाधिवेशनमा देशभरका ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी रहेको एमालेले जनाएको छ।
तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन उद्घाटन सत्रमा आजै अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सगठनात्मक प्रस्ताव र उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्नु हुनेछ ।
शनिबार समूहगत रुपमा छलफल गरी आवश्यक सुझावसहित ती प्रतिवेदनहरु पारित हुनेछ । विधान महाधिवेशनले पार्टीको नीति र विधि तय गर्ने पार्टीका प्रवक्ता ज्ञवालीले बताउनु भयो ।
एमालेले पहिलो पटक पार्टीको नीति निर्माणमा केन्द्रित भएर विधान महाधिवेशन आयोजना गरेको हो । एमालेको राष्ट्रिय महाधिवेशन मंसिरको दोस्रो आयोजना हुनेछ ।
प्रतिक्रिया