Main News

प्रधानमन्त्री देउवा मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा

हिमालय टिभी
२०७८ असोज १३ गते ८:३१
प्रधानमन्त्री देउवा मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा

१३ असोज २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुट्नु भएको छ । आज नभए भोलिसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ ।

आजै गर्ने तयारी भएपनि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव काठमाठौं बाहिर भएकाले बेलुकासम्म काठमाडौं फर्केर गठबन्धनको बैठक बसी मन्त्रिपरिषद् विस्तारको निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गठबन्धनको बैठकले कस्ले कुन मन्त्रालय पाउने भन्ने टु‌गो लगाउनेछ । संख्यागतरुपमा कांग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक एक राज्य मन्त्री पाउने सैद्धान्तिक सहमति भएको छ ।

सरकारमा पठाउने मन्त्री छान्न दलहरु आन्तरिक छलफलमा छन् । नेकपा एकीकृत समाजवादीले मन्त्री हुनेको नाम टुंगो लगाएको छ ।

एकीकृत समाजवादीबाट विरोध खतिवडाले सरकारको नेतृत्व गर्ने तय भएको छ । समाजवादीले मन्त्री हुनेको नाम प्रधानमन्त्री देउवालाई बुझाइसकेको नेता मेटमणी चौधरीले जानकारी दिनुभयो ।

आफ्नो कोटाबाट मन्त्री बन्नेको नाम दिन कांग्रेस वरिष्ठ नेता पौडेल र सिटौलालाई प्रधानमन्त्री देउवाले आग्रह गर्नु भएको छ । नेकपा माओवादी केन्द्र मन्त्री हुनेको नामावली टुंगो लगाउन आन्तरिक गृहकार्यमा जुटेको छ ।

यसपटक माओवादी केन्द्रले मन्त्री नभएका नयाँ अनुहारलाई प्राथमिकतामा राख्ने भएको छ । मन्त्रीको नामावली तथा अगामी महाधिवेशनलगायतका विषयमा छलफल गर्न माओवादी केन्द्रले बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको छ ।

जनता समाजवादीले पार्टीले राजेन्द्र श्रेष्ठको नेतृतवमा सरकारमा पठाउने तयारी गरेको छ । सत्ता गठबन्धनका पाँच दल मध्ये राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी नहुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *