Main News

आज बस्ने भनिएको एमाले स्थायी कमिटीको बैठक अनिश्चित

हिमालय टिभी
२०७८ असोज ११ गते ९:००
आज बस्ने भनिएको एमाले स्थायी कमिटीको बैठक अनिश्चित

११ असोज २०७८ काठमाडौं । आज बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटीको बैठक नेताहरूको व्यस्तताका कारण अनिश्चित बनेको छ ।

हिजो बसेको केन्द्रीय कमिटीको बैठकमा पार्टीको विवाद समाधानका लागि भएको १० बुँदे सहमतिका बारेमा केही नेताहरूले प्रश्न उठाएपछि छलफलका लागि आज स्थायी कमिटी बैठक बस्ने नेताहरूले बताएका थिए ।

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले नेताहरूको व्यस्तताका कारण बैठक अनिश्चित बनेको बताउनुभयो । उहाँका अनुसार अब अर्को सूचना भएपछि मात्रै स्थायी कमिटी बैठक बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *