कांग्रेस १४ औँ महाधिवेशन : म्याग्दी र मुस्ताङमा नेतृत्व चयन

हिमालय टिभी
२०७८ असोज ११ गते ८:१६
कांग्रेस १४ औँ महाधिवेशन : म्याग्दी र मुस्ताङमा नेतृत्व चयन

११ असोज २०७८ गलेश्वर । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत म्याग्दी र मुस्ताङ जिल्लाका सबै पालिकामा नयाँ नेतृत्व चयन गरिएको छ ।

म्याग्दीको गाउँ/नगर अधिवेशनमा चार स्थानीय तहमा सर्वसम्मत र दुईमा निर्वाचनबाट नेतृत्व चयन भएको छ भने मुस्ताङका पाँचवटै गाउँपालिकामा सर्वसम्मतरुपमा नेतृत्व चयन भएको छ ।

म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा मतदानबाट नेतृत्व चयन गरिएको छ भने अन्य चार गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । बेनी नगर सभापति पदमा रवीन्द्र कार्की निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनमा कार्कीले सभापतिका उम्मेदवार विक्रम बोगटीलाई आठ मतले पराजित गर्दै विजयी हुनुभएको निर्वाचन अधिकृत निरञ्जन राजभण्डारीले जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको सभापतिमा बलबहादुर तिलिजा निर्वाचित हुनुभएको छ । सभापतिका प्रत्यासी कृष्णप्रसाद बरुवाललाई एक मतले पराजित गर्दै तिलिजा निर्वाचित हुनुभएको हो ।

रघुगङ्गा गाउँपालिकामा मनकुमार शेरपुञ्जा सर्वसम्मत सभापतिमा चयन हुनुभएको छ । उहाँ रघुगङ्गा–६ पाखापानीका वडाध्यक्षसमेत हुनुहुन्छ । पश्चिम म्याग्दीको धौलागिरिमा प्रेम पुन ,मालिकामा खिम पुनः र मङ्गला गाउँपालिकामा नरसिंह खत्री सर्वसम्मत सभापति निर्वाचित हुनुभएको छ ।

यसैगरी मुस्ताङका लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, घरपझोङ, थासाङ र वारागुङ–मुक्तिक्षेत्र गाउँपालिकामा सर्वसम्मतिबाट नेतृत्व चयन गरिएको छ । नेपाली कांग्रेस मुस्ताङका अनुसार लोमान्थाङमा छेवाङ झिम्मी विष्ट, लोघेकर दामोदरकुण्डमा टसी लेन्डुप गुरुङ, घरपझोङमा यामप्रसाद थकाली, थासाङमा रुपेश गौचन र वारागुङ–मुक्तिक्षेत्र गाउँपालिकाको सभापतिमा आङजिङ गुरुङ सर्वसम्मतरुपमा चयन हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *