Main News

मनसुनी अवधि शुरु भएयता देशभर १ सय १३ प्रतिशत वर्षा

हिमालय टिभी
२०७८ असोज १० गते ८:११
मनसुनी अवधि शुरु भएयता देशभर १ सय १३ प्रतिशत वर्षा

१० असोज २०७८ काठमाडौं । मनसुनी अवधि शुरु भएयता देशभर एक सय १३ प्रतिशत पानी परेको छ ।

मौसम पूर्वानुमान महाशाखाको मौसम विष्लेशण शाखाका अनुसार यो वर्ष औसतभन्दा १३ प्रतिशत बढी पानी परेको हो ।

मनसुनी औसतको प्रणाली बाहिरिन अझै सात दिन बाँकी रहेको शाखाले जनाएको छ । यस वर्ष सबै भन्दा धेरै जोमसोममा २३० प्रतिशत पानी परेको छ भने काठमाडौंमा १२५, भैरहवामा १५५ र जुम्लामा १२० प्रतिशत पानी परेको छ ।

यता पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा भने औसत भन्दा कम ९७ प्रतिशत मात्र पानी परेको शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो ।

मनसुनको न्युनचापीय रेखा भारततर्फको मध्यभागमा रहेकाले तत्कालै मनसुनी प्रणाली वाहिरिने सम्भावना नभएकाले स्थानीयबायु सक्रिय हुदाँ घामसँगै छिटफुट स्थानमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङगले जानकारी दिनुभयो ।

भारतबाट मनसुनी चक्र वाहिरिए पछि मात्र नेपालबाट पनि मनसुन वाहिरीने भएकाले मनसुनी प्रणाली वाहिरिन अझै केही दिन लाग्ने उहाँको भनाइ छ । तर भारी वर्षा हुने सम्भावना भने टरेको छ । यो वर्ष गएको जेठ २८ गते मनसुन नेपाल भित्रिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *