Political Hightlights

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

हिमालय टिभी
२०७८ असोज १० गते ८:०४
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

१० असोज २०७८ काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ ।

तीन दिनदेखि जारी बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक र महासचिव ईश्वर पोख्रेलले पेश गरेको सांगठनिक प्रतिवेशनमाथि उठेको प्रश्नको जवाफ दिने र बैठक सक्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा जारी केन्द्रीय कमिटी बैठकमा टोली नेताले धारणा राख्दै कार्यकारी पदमा दुई पटक रहन पाउने र उपाध्यक्ष तथा सचिव ७ ७ जना राख्नुपर्ने सुझाव दिएका छन् ।

हाल प्रस्ताव गरिएको विधान संशोधन प्रस्तावमा उपाध्यक्ष ३ जना मात्रै राख्ने उल्लेख गरिएको छ। विधान संशोधन प्रस्तावमा पोलिट्यू्रो नराख्ने उल्लेख छ । तर, समूहगत छलफलमा पोलिटब्यूरो कायमै राख्नुपर्ने आवाज उठेको छ।

राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न एमालेले १० वटा टोली नेता चयन गरेको थियो । टोलीका नेताहरुले धारणा राख्ने क्रम सकिएको छ ।

नेताहरुले उपाध्यक्ष, केन्द्रीय समितिको संख्या बढाउनुपर्ने र फागुन २३ को फैसलापछि पनि एमालेमै रहेका पूर्व माओवादी नेताको जिम्मेवारी खोस्न नहुने लगायतका सुझाव दिएका छन ।

नेताहरुले संसद विघटन र पार्टी विभाजनको कुरा पनि प्रस्ट रुपमा राजनीतिक प्रतिवेदनमा राख्नु पर्ने माग गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्