Main News

आज देशभर मौसम बदली रहने

हिमालय टिभी
२०७८ असोज ९ गते ९:००
आज देशभर मौसम बदली रहने

९ असोज २०७८ काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम हल्कादेखि सामान्य बदली रहने बताएको छ ।

महाशाखाका अनुसार हाल देशमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने बागमती, गण्डकी, सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ का थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन÷ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने राती देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन÷ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेकाले उक्त स्थानहरुका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *