अफगानिस्तानमा अंग काट्नेसम्मको कठोर सजाय पुनर्बहाली गर्ने चेतावनी

९ असोज २०७८ अफगानिस्तान । तालिबानको धार्मिक संगठनका एक प्रमुख नेताले मृत्युदण्ड र शरीरका अङ्ग भंग गर्ने जस्ता कठोर सजायहरू अफगानिस्तानमा पुनर्बहाली हुने चेतावनी दिएका छन्।
हाल कारागार प्रमुख रहेका मुल्लाह नुरूद्दीन तुराबीले अङ्ग काट्नेसम्बन्धी सजाय ूसुरक्षाका लागि आवश्यकू भएको समाचारसंस्था एपीलाई बताएका हुन् ।
तर त्यस्ता सजायहरूको कार्यान्वयन विगतमा जस्तो सार्वजनिक स्थलहरूमा नगरिने बताए । सन् १९९० को दशकमा तालिबानले आफ्नो शासनकालमा त्यस्ता सजायहरू सार्वजनिक स्थलहरूमा दिने गरेका थिए ।
यद्यपि विगतमा सार्वजनिक स्थलहरूमा दिने गरिएका मृत्युदण्डको आलोचना भएको विषय भने तुराबीले अस्विकार गरेका छन् ।
गत अगस्ट १५ मा अफगानिस्तानमाथि नियन्त्रण कायम गरेयता तालिबानले विगतको भन्दा नरम शासन गरिने बताउँदै आएका छन् । तर देशभरि मानव अधिकार उल्लङ्घन भएका भनिएका थुप्रै घटनाहरू बाहिर आएका छन् ।
प्रतिक्रिया