राजनीति

१० बुँदेलाई लिएर एमालेको पहिलो बैठकमै यस्तो किचलो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ८ गते २१:१३
१० बुँदेलाई लिएर एमालेको पहिलो बैठकमै यस्तो किचलो (भिडियो रिपोर्टसहित)

८ असोज २०७८ काठमाडौं । विधान संशोधन महाधिवेशनमा पेश गर्ने प्रस्तावमाथि छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज देखि शुरु भयो । तर पहिलो बैठकमा नै १० बुँदेलाई लिएर किचलो भयो । त्यो किचलोको संकेत भने बैठक शुरू हुने बेलामा नै देखिएको थियो ।

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजेका लागि बोलाइएको थियो । तोकिएको समयमा बैठक हल लगभग खाली थियो ।

सवा ११ बजे बैठक हलमा पसेका अध्यक्ष केपी ओलीले ११.५० तिर बैठक सुरु गर्दा सुवास नेम्वाङ, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, लालबाबु पण्डित, शेरबहादुर तामाङ लगायतका नेताहरु उपस्थित भइसक्नु भएको थियो । सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, घनश्याम भुसाल लगायतका नेता पनि त्यतिबेलासम्म बैठक हलभित्र छिरेका थिए ।

उपाध्यक्ष भीम रावल भने बैठक सुरु भएको झण्डै ७(८ मिनेटपछि हतारहतार बैठकस्थलमा पुग्नु भयो । निर्धारित समयभन्दा ढिला पुगेर झण्डै ५० मिनेटपछि बैठक सुरु गरेका ओलीले रावललाई बैठक शुरु भइसकेपछि मात्रै प्रवेश गरेको देखेपछि भने समयको महत्वबारे सुनाउनु भयो । केन्द्रीय कमिटीका सबै नेतालाई सम्झाएजसरी ओली बोले पनि उहाँको भनाइ रावलप्रति लक्षित देखिन्थ्यो ।

ओलीको सुझावपछि पनि उपाध्यक्ष रावल भने विभिन्न नेताहरुसँग कानेखुसीमै व्यस्त देखिनु भयो ।

यस्ता बैठकहरुमा अध्यक्ष ओलीले समयको महत्वबारे भने नेताहरुलाई पटकपटक सम्झाउँदै आउनु भएको छ । तर शुक्रबारको बैठकमा ओलीको यो सुझाव उपाध्यक्ष रावल प्रति नै लक्षित देखियो । तत्कालीन वरिष्ठ नेता माधव कुमार नेपालसँग लागेर लामो समय आफ्नो विरोधमा उभिएका रावललाई ओलीले अहिले पनि पार्टीमा कमै महत्व दिने गरेका उदाहरणहरु यसअघि पनि सुनिँदै र देखिँदै आएका छन् ।

यीनै सिलसिलकाबीच ओलीको कटाक्ष रावलमै केन्द्रित देखिँदा ओली अझै बदलाको भावमा हुनुहुन्छ र कुनै बेला साथ छोड्न खोज्नेहरु प्रति सकारात्मक हुनुहुन्न भन्ने कुरालाई बल पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्