Main News

चेकमार्फत हुने कारोबारबाट ठगी हुने क्रम यसरी बढ्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ८ गते २१:०४
चेकमार्फत हुने कारोबारबाट ठगी हुने क्रम यसरी बढ्दै (भिडियो रिपोर्टसहित)

८ असोज २०७८ काठमाडौं । नेपालमा चेकमार्फत हुने कारोबारबाट ठगिने बढ्दै गएका छन् । लेनदेनमा ठूलो रकमको चेक दिने तर त्यो खातामा पैसा नै नहुने प्रवृत्ति बढेको छ । र पछि गएर चेक दिने व्यक्ति नै फरार हुने गरेका छन् । यसरी फरार भएकालाई प्रहरीले बैकिङ कसुरको अपराधमा पक्राउ गर्दै आएको छ ।

यी हुन भक्तपुरको मध्यपुरठिमीका हिरालाल श्रेष्ठ । उनीसँग लेनदेनमा २५ लाख रुपैयाँको चेक लिएर साट्न गएका व्यक्तिलाई बैंकले खातामा पैसा छैन भन्दै फर्कायो । त्यसपछि चेक लिने व्यक्तिले चेक बाउन्स भएको भन्दै उजुरी गरे । र श्रेष्ठलाई बैंकिङ कसुरको मुद्दामा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गर्‍यो ।

१७ लाख ६५ हजार रुपैयाँ चेक बाउन्स भएकै कारण काठमाडौंका बिमन श्रेष्ठलाई पनि सीआईबीले पक्राउ गर्‍यो । यस्तै बाराका अनिस सुन्दास सात लाखको चेक बाउन्सको आरोपमा पक्राउ परे । यी त प्रतिनिधि पात्र मात्र हुन । पछिल्लो सयम खातामा पैसा नभएको चेक दिनेहरु बैंकिङ्ग कसुरको आरोपमा धमाधम पक्राउ परिरहेका छन् ।
चालु आर्थिक वर्षको दुई महिनामा बैकिङ कसुरमा २३ जना पक्राउ परेका छन । २३ जनाले मात्र ४ करोडभन्दा बढी ठगी गरेको प्रहरीको तथ्यांक छ ।

प्रहरीका अनुसार पछिल्ला पाँच आर्थिक वर्षमा १० हजारभन्दा बढी व्यक्ति बैंकिङ कसुरसम्बन्धी अपराधमा संलग्न भएका छन् । गत आर्थिक वर्षमा पनि कोभिड–१९ को बिचमा समेत ४० जना बैकिङ कसुरमा पक्राउ परेका थिए । बैंक खातामा रकम नभएको चेक दिनेको संख्या बढ्दा बैंकिङ कसुरका अपराध बढेको हो ।

अनधिकृत रूपमा कर्जा लिने दिने, कर्जाको दुरुपयोग गर्ने, पैसा नभएको खाताको चेक दिएर ठग्ने प्रवृत्ति बढेकाले बैंकिङ कसुरका उजुरी तथा मुद्दा बढ्नुको साथै पक्राउ पर्नेको संख्या समेत बढ्दै गएको छ ।

पछिल्लो समय नयाँ ठगीको रुपमा चेक बाउन्सका घटनाहरु बढ्दै गएका छन् । यसरी इमान्दारिता देखाउन दिइने चेककै कारण पछिल्लो समय ठगी गर्नेलाई सहज बनाइरहेको छ । त्यसैले यसतर्फ कारोबार गर्नेसमेत सचेत हुनुपर्ने देखिन्छ ।

भिडियो कुराकानी हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *