Main News

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, १४७६ संक्रमित थपिए

हिमालय टिभी
२०७८ असोज ८ गते १७:१३
कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, १४७६ संक्रमित थपिए

८ असोज २०७८ काठमाडौं । पछिल्लो पटक थप १ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ९ जनाको मृत्यु भएको छ।

१० हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १ सय ३ र ५ हजार १ सय १५ जनाको एन्टीजेन परीक्षण गर्दा ३ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी संक्रमित काठमाडौंमा २ सय ५६ जना छन् ।

यस्तै, ललितपुरमा ७३ र भक्तपुरमा ३५ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यका बाहिर कास्कीमा सबैभन्दा बढी १ सय १७ जनामा संक्रमण देखिएको छ ।

यस्तै, झापामा आज संक्रमण पुष्टि हुनेको संख्या १ सय १४ छ । पछिल्लो पटक ९ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । यो अवधिमा १ हजार ५ सय ५० जना संक्रमणमुक्त भएका छन् । अहिले देशभर सक्रिय संक्रमितको संख्या २० हजार २ सय ८७ रहेको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

यस्तै, १ लाख ७२ हजार ५ सय ९० जनालाई खोप दिइएको छ । योसँगै पूर्ण खोप लगाउनेको संख्या ५९ लाख ४६ हजार र पहिलो डोज खोप लगाउनेको संख्या ६३ लाख ८० हजार नाघेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *