Political Hightlights

एकतावद्ध भएर जनताबीच जान नेताहरुलाई अध्यक्ष ओलीको निर्देशन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ८ गते १३:२८
एकतावद्ध भएर जनताबीच जान नेताहरुलाई अध्यक्ष ओलीको निर्देशन (भिडियो रिपोर्टसहित)

८ असोज २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनलाई व्यवस्थित, एकताबद्ध र मर्यादितरुपमा सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।

एमालेको आजदेखि शुरु भएको केन्द्रीय कमिटीको बैठकमा प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले आन्तरिक र राष्ट्रिय राजनीतिका समस्या समाधान गरी लाग्नुपर्ने भएकाले एकतावद्ध रुपमा अघि बढ्नुपर्ने बताउनुभएको हो ।

अध्यक्ष ओलीले आन्तरिक एकता मजबुद बनाएर जनताका बीचमा जानुपर्ने बेला आएकाले विगतका तिक्तता बिर्सन नेताहरुलाई आग्रह गर्नुभयो ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित बैठकको आरम्भमा मन्तव्यसहित अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

यसैबीच विधान महाधिवेशनको तयारीमा रहेको प्रमुख विपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बसिरहेको छ ।

तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा जारी बैठकमा विधान महाधिवेशनको तयारीका बारेमा छलफल भइरहेको छ । एमाले स्थायी कमिटी बैठकले पारित गरेको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेश गरिएको छ ।

ती प्रस्तावमा आवश्यक छलफल गरी पारित गरिने र विधान महाधिवेशनमा पेश गरिने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । एमालेको विधान महाधिवेशन असोज १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ ।

एमालेभित्र पहिलोपटक नेतृत्व चयन र नीति निर्णण गर्ने छुटाछुटै महाधिवेशन गर्ने तयारी छ । एमालेले आफ्नो विधानमा सात सदस्यीय सचिवालय गठनको प्रस्ताव गरेको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भई गठन भएको नेकपा जस्तै एमालेमा अब सात सदस्यीय सचिवालय हुनेछ । प्रस्तावित विधानमा २ सय २५ सदस्यीय केन्द्रीय कमिटी र ३५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरिएको छ ।

यसअघि एमालेमा रहेका पोलिटव्यूरो र वैकल्पिक केन्द्रीय सदस्यको संरचना खारेज गरिएको छ । ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको हद भने कायमै राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्